जनकपुरधाम । सरकारले मन्त्रीपरिषद्को आकस्मिक बैठकले संसद् विघटन प्रस्ताव पारित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए ।
सोही बैठकबाट प्रधानमन्त्री ओलीले संसद विघटनको प्रस्ताव पारित गरेका छन् । पारित गरिएको संसद विघटनको प्रस्ताव प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका हुन् ।
संसद् विघटनको प्रस्ताव बोकेर ओली राष्ट्रपति निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न उनी शीतलनिवास पुगेका हुन् ।