सप्तरीमा कम्प्युटर एसोसिएसनको समिति गठन

राजविराज, १२ माघ । सप्तरी जिल्लामा क्रियाशिल सूचना, प्रविधीको क्षेत्रमा कार्यरत व्यक्तिहरुको एक भेलाले कम्प्युटर एसोसिएसन नेपालमहासंघको तदर्थ समिति गठन गरिएको छ ।

ईन्फोल्याण्ड कम्प्युटर अफ आइटीका प्रोप्राइटर राजाराम प्रसाद यादवको संयोजकत्वमा आइतवार ५ सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्यमा जयप्रकाश यादव, हरिवंश चौधरी धर्मदेव प्रसाद यादव र दिलिप चौधरी रहेका छन् । महासंघका अध्यक्ष कुशल रेग्मी, उपाध्यक्ष रंजित पोद्दार, महासचिव नारायण थापासमेतको विशेष उपस्थितिमा सम्पन्न भेलाले सप्तरीमा जिल्ला समिति गठन गरेको जनाईएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस