बेसहाराहरुको साहारा सरकार छ : प्रधानमन्त्री ओली

जनकपुरधाम, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने, स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्ने आफुहरुको पार्टी नै मुल पार्टी रहेको बताएका छन् । नारायणहिटी दरबारअगाडि नेकपा ओली समूहले आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘आजबाट कुन पार्टी मुल पार्टी हो, भन्ने कुराको टुंगो लागिसक्यो’ उनले भने–‘देश बनाउने, स्वाधीनता र देशको भौगोलिक अखण्डताको रक्षा गर्ने यो पार्टी नै मुल पार्टी हो, फैसला भयो ।’ उनले समृद्ध नेपाल, सुखी नेपाली बनाउने राष्ट्रिय आकांक्षालाई साकार पार्ने चाहना बोकेर अघि बढेको बताए ।

‘समृद्ध नेपाल, सुखी नेपाली बनाउने राष्ट्रिय आकांक्षालाई हामी साकार पार्न चाहन्छौं’ उनले भने–‘यस तीन वर्षमा मात्रै ६ हजार किलोमिटर ४ लेन, ६ लेन सडकहरु पिच गरेका छौं, खनेका छौं । विभिन्न विद्यूत आयेजनाहरु सफल बनाएका छौं ।’

उनले पूर्वाधारहरुको विकाससँगै कृृषि आधुनिकीकरणको लागि लागिपरेको पनि बताए । साथै, अहिलेको समयमा सडक बालबालिकाहरु नरहेको दाबी गर्दै उनले भने, ‘अभिभावक नभएका बालबालिकाहरुको लागि सरकार अभिभावक छ । बेसहाराहरुको साहारा सरकार छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780