राजविराज । राष्ट्रिय समाचार समिति (रासस) सप्तरीका कार्यालय प्रमुख नानीमैया कटवाललाई मातृशोक परेको छ । उनकी ७५ वर्षीया आमा मिठु कटवालको विहिवार निधन भएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका निवासी ईन्द्रबहादुर कटवालका ७५ वर्षीया पत्नी मिठुको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
उनी लामो समयदेखि मधुमेह, मृगौला, रक्तचाप र मुटु सम्बन्धी रोगबाट पिडित थिए । दुई छोरा समेत गुमाइएकी मृतक मिठुका छोरी÷ज्वाइँ, एक बुहारी, एक नाती र दुई नातीनी छन ।