राजविराज, ११ चैत । आज चैत ११ गते । गत वर्ष यही दिनबाट मुलुकमा बन्दाबन्दी (लकडाउन) भएको थियो । कोभिड–१९ संक्रमण फैलिएसँगै सरकारले गत वर्ष चैत ११ गते विहान ६ बजेबाट नै लकडाउन गरेको थियो ।
संक्रमण नियन्त्रण गर्न चैत ११ गते गरिएको लकडाउनले सप्तरी सदरमुकाम राजविराजका सडक सुनसान रहेको थियो । सडकमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति हुने गर्थे । विगतदिन जस्तै अत्यावश्यक सेवा र पासबाहक गाडी बाहेक अन्य सवारी सञ्चालन हुन दिदैन थिए ।
लामो लकडाउनपछि मुलुकमा कोभिड–१९ केही हदसम्म नियन्त्रण पनि भयो । तर, अहिले फेरी संक्रमण देखिन थालेको छ । छिमेकी मुलुक भारतमा दैनिक हजारौंमा संक्रमण देखिन थालेपछि सरकारले संक्रमणबाट जोगिन सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।
गत वर्षको चैत ११ गते (लकडाउन)का केही तस्बिर ।