पत्रकार महासंघ सप्तरीः सुरु भयो मतदान, पहिलो मत झाले हाले

राजविराज, २५ चैत । नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा नयाँ नेतृत्व चयन गर्नकालागि मतदान सुरु भएको छ । निर्वाचन तालिकाअनुसार बुधवार १० बजेर ३४ बजेदेखि मतदान सुरु भएको हो । सप्तरी शाखामा पहिलो मतदान महासंघ केन्द्रीय समितिका उपाध्यक्ष (समावेशी) पदका उम्मेदवार अवधेश झाले गरेका छन् ।

निर्वाचन समितिका अनुसार सप्तरी शाखामा अध्यक्ष पदमा दुई जनाले प्यानलसहित उम्मेदवारी दिएका छन् भने एक जना उपाध्यक्ष (महिला) पदमा र एक जनाले जिल्ला कार्य समिति खुल्ला सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष पदमा मनोहर कुमार पोखरेल र श्रवण देवले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।

पोखरेलको प्यानलबाट उपाध्यक्षमा वैद्यनाथ यादव र पार्वती कुमारी सिंह (महिला), सचिवमा रामनारायण विश्वास, सहसचिवमा चन्दन यादव, सहसचिव डम्वर राई (समावेसी), कोषाध्यक्षमा शुभचन्द्र झाले उम्मेदवारी दिएका छन् ।

यसैगरी खुला सदस्यहरुमा विद्यानन्द राम, खगेन्द्र कार्की, गंगा प्रसाद साह र राजेन्द्र कुमार मिश्रको उम्मेदवारी परेको छ भने महिला सदस्यमा रश्मी झा, दलित सदस्यमा राजकुमार पासवान, आदीवासी जनजाति सदस्यमा कृष्णकुमार मण्डल, मधेशी सदस्यमा धर्मपाल राउतले उम्मेदवारी दिएका हुन् ।

प्रदेश परिषद् सदस्यतर्फ पोखरेल प्यानलबाट आनन्द मोहन शर्मा, देवेन्द्र मिश्र, दिनेश शर्मा, रामअधिन साह (मधेशी), विन्दु भट्टराई (महिला), वृजमान तामाङ (आदीवासी जनजाति), उत्तम आचार्यको उम्मेदवारी परेको छ भने राष्ट्रिय परिषद् सदस्यतर्फ धमला भट्टराई, सुखराम यादव र शुभनारायण यादवले उम्मेदवारी दिएको प्रमुख निर्वाचन अधिकृत वैद्यनाथ झाले जानकारी दिए ।

यसैगरी देवको प्यानलबाट उपाध्यक्षमा विनयकुमार लाल कर्ण र अम्बिका दाहाल (महिला), सचिवमा सतिष कुमार दत्त, सहसचिवमा कृष्णदेव यादव, सहसचिवमा गोपाल प्रसाद गुप्ता (समावेशी), कोषाध्यक्षमा नविन गुप्ताले उम्मेदवारी दिएका छन् । सोही प्यानलबाट खुला सदस्यमा अरुणकुमार यादव, दिनानाथ यादव, रामनारायण यादव र विन्दु कुमार यादवको उम्मेदवारी परेको छ भने मधेशी सदस्यमा परिष कुमार कर्णले उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको नामावली सूची अनुसार देव प्यानलबाट जिल्ला कार्य समितितर्फ महिला र दलित पदमा उम्मेदवारी परेको छैन् । पोखरेल प्यानलका महिला र दलित सदस्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

यसैगरी प्रदेश परिषद् सदस्यतर्फ देव प्यानलबाट अनिल पोखरेल, अरुण कुमार तिवारी, नरेश कुमार चौधरी, निरज कुमार मण्डल, पवन कुमार मिश्र र शिवनारायण साहको उम्मेदवारी परेको छ भने राष्ट्रिय परिषद् सदस्यतर्फ देवराम यादव र मनोजकुमार माझीले उम्मेदवारी दिएका छन् ।

स्वतन्त्रतर्फ महिला उपाध्यक्षमा रक्षा कुमारी कर्ण र खुला सदस्यमा भोला रमण उप्रेतीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।  सप्तरी शाखामा कुल १ सय वटा मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780