बिहारमा मे १५ सम्म लकडाउन

बिहार । बिहारका मुख्यमन्त्री नितीशकुमारले राज्यमा पूर्ण लकडाउन हुने जानकारी दिएका छन् । उनले  मे १५ सम्म पूर्ण लकडाउनको घोषणा गर्ने तयारी भैरहेको बताएका हुन् ।

यसबारे पूर्ण दिशानिर्देशन मंगलबार बस्ने संकट व्यवस्थापन समूहको बैठकले गर्ने उनले बताएका छन् । कोरोना संक्रमणको जोखिम उच्च हुँदै गएपछि भारतीय मेडिकल एसोसिएसन, पटना एम्सका चिकित्सकहरु, सिआइटी लगायतले तत्काल लकडाउन घोषणा गर्न माग गरिरहेका थिए ।

पटना उच्च अदालतले सोमबार यो मुद्दाका विषयमा सरकारसँग जवाफ मागेको थियो । मुख्यमन्त्री नितिशकुमारले आज संकट व्ववस्थापन समूहको बैठक बोलाएका छन् ।

यो बैठकबाट लकडाउनका लागि विस्तृत निर्देशन दिने तयारी छ । जागरण डटकमका अनुसार बिहारमा पछिल्ला दिन दैनिक १३ देखि १५ हजार नयाँ संक्रमितहरु देखिइरहेका छन् सोमबार मुख्यमन्त्री नितिशकुमारले कोरोना संक्रमणको अवस्थाबारे बुझ्न उच्चस्तरीय बैठक बैठक बोलाएका थिए । बैठकमा उनले स्थानीय प्रशासन र प्रहरीलाई कोभिड प्रोटोकललाई कडाईका साथ पालना गराउन निर्देशन दिएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780