जनकपुरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

जनकपुरधाम । प्रदेश २ मा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट जनकपुरका दुई र पर्साका एक जनाको मृत्यु भएको हो ।

जनकपुरधाम उपमहानगरपालिका-१७ बेलाकी ४२ वर्षीया महिला, जनकपुरकै ६५ वर्षीय पुरुष र पर्साको वीरगञ्जका ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ ।

अस्पतालका प्रवक्ता मनिष पाण्डेका अनुसार जनकपुरकी ४२ वर्षीया महिलाको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको हो भने जनकपुरकै ६५ वर्षीय पुरुषलाई भेन्टिलेरमा राख्ने तयारी गर्दागर्दै मृत्यु भएको प्रवक्ता पाण्डेले बताए ।

वीरगञ्जका पुरुषको अस्पतालमा अक्सिजन लगाएर उपचार गर्ने क्रममा मृत्यु भएको डा. पाण्डेयले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस