जनकपुरधाम । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरु चुक्नु बिडम्बना भनेका छन् ।
उनले नेपाली राजनीतिमा ओली चतुर साबित भएको भन्दै उनको विकल्प खोज्नुपर्ने बताएका छ्न् ।
भट्टराईले राष्ट्रपतिले दिएको समयसिमा घर्किनुअघि आफ्नो धारणा सार्वजनिक गर्दै अदालत, मिडिया, संसद र आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नै पर्ने र सबैले आत्मसमिक्षण गर्नुपर्ने बताएका हुन् ।
उनले ओली सिद्धान्तहीनता, खुराफात, किनबेचमा पतन भएको नेपाली राजनीतिमा चतुर खेलाडीका रुपमा सावित भएको आरोप लगाएका छन् ।
जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ। सिद्धान्तहीनता,खुराफात,किनवेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुन: चतुर सावित भएका छन्।अदालत,संसद,मिडिया,आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ। सबैले आत्मसमीक्षा गरौं!
— Baburam Bhattarai (@brb1954) May 13, 2021