सप्तरीमा एउटै गाउँकी दुई किशोरीको पोखरीमा डुबेर मृत्यु

राजविराज, ५ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिकाको एउटै गाउँकी दुई किशोरीको बुधवार पोखरी डुबेर मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका–९ का रामकृष्ण सरदारकी छोरी २० वर्षीया कुन्ती सरदार र सोही ठाउँका इन्दल सरदारकी १२ वर्षीया छोरी रोशनीको डुबेर मृत्यु भएको हो ।

पोखरीमा स्नान गर्न गएकी दुवै किशोरीको डुबेको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेशकुुमार सिंहले बताए ।

पोखरीमा डुबेर चिकिस्त भएकी दुवै जनालाई उपचारको लागि वडा नम्वर १२ स्थित धर्मेश्वर हस्पिटल पुर्याउने क्रममा मृत्यु भएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी सिंहले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस