स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्नलाई कारबाही गर्छौः गृह मन्त्रालय

जनकपुरधाम, १४ जेठ । गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोडमा संलग्नलाई कारवाही गर्ने प्रतिवद्धता जनाएको छ । शुक्रबार दिउँसो विज्ञप्ति निकालेर स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ कानुनी कारबाही गरिने मन्त्रालयले जनाएको हो ।

महामारीको यो विषम अवस्थामा बिरामीको उपचारमा खटिएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार हुनु निन्दनीय कार्य रहेको गृह प्रवक्ता जनकराज दाहालले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

घटनाको छानविनका लागि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा छानविन समिति पनि बनाइएको विज्ञप्तिमा जनाएको छ । गए राति भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको कुटपिटका सन्दर्भमा मन्त्रालयले विज्ञप्ति निकालेको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस