अपडेटः मृतकमध्ये एक जनामा संक्रमण पुष्टि, सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुग्यो

राजविराज । सप्तरीमा मृत्यु भएका तीनै जनाको कोरोना भाइरस (कोभिड–१९) परीक्षणको पिसीआर रिपोर्ट आएको छ ।

तीन जनामध्ये एक ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । कार्यालय प्रमुख दुनीयालाल यादवका अनुसार अन्य दुई जना वृद्धको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । ‘रुपनी गाउँपालिका वडा नं.५ का ४५ बर्षीय पुरुषमा संक्रमण देखिएको छ’ उनले भने–‘अन्य राजगढ गाउँपालिकाका ७१ बर्षीय र डाक्नेश्वरी नगरपालिका वडा नं.९ का ८० बर्षीय वृद्धको पिसीआर रिपोर्ट भने नेगेटिभ छ ।’

रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादवका अनुसार डेढ महिनाअघि मलेसियावाट फर्किएर होम क्वारेन्टाइनमा बस्दै आएका उनमा ज्वरो, दमसँगै स्वासप्रस्वासमा समस्या वढेपछि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरिएको थियो ।

सो अस्पतालमा उनको उपचार सम्भव नभएपछि धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा मृत्यु भएको गाउँपालिका अध्यक्ष यादवले वताए । यसैगरी, राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारको क्रममा राजगढ गाउँपालिकाका ७१ बर्षीय र डाक्नेश्वरी नगरपालिका वडा नं. ९ का ८० बर्षीय वृद्धको मृत्यु भयो । योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ जना पुगेको छ ।

यसअघि गत साउन १ गते राजविराज नगरपालिका वडा नं. ६ का एक ७३ वर्षिय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

यो पनि पढ्नुसः

सप्तरीमा ४५, ७१ र ८० वर्षीय पुरुषको मृत्यु, कोरोनाको आशंका गरी स्वाब संकलन गरिँदै

Author:



क्याटोगरी छान्‍नुहोस