शनिवार २ हजार २२५ कोरोना संक्रमित थपिदा २ हजार ८४६ डिस्चार्ज

जनकपुरधाम । देशभर पछिल्लो २४ घण्टा थप २ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार शनिवार थपिएको संक्रमितसँगै संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ ।

यसैगरी शनिवार थप २ हजार ८४६ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको १ लाख ८ हजार ३३४ संख्या पुगेको छ । हाल देशभर ४६ हजार ५७ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा जम्मा १३ हजार ८४६ पीसीआर परीक्षण भएका छन् । हालसम्म पीसीआर विधिबाट १३ लाख ८० हजार ८६२ नमुना परीक्षण गरिएको तथ्यांकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस