सप्तरीमा भरुवा बन्दुकसहित दुई युवक पक्राउ

राजविराज, २५ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका–२ भलुवाहीबाट आज विहान भरुवा बन्दुक सहित दुई जना पक्राउ परेका छन् ।

एक नाले भरुवा बन्दुक सहित भलुवाहीकै २५ वर्षीय रामपुकार माझी र २२ वर्षीय रामस्वरुप मण्डल पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय रुपनीबाट सुराकीको आधारमा खटिएको प्रहरी टोलीले दुवै जनलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिए । दुवै जनमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस