प्रदेश २ मा ७४ प्रतिशतले मात्रै लगाए कोरोनाविरुद्धको खोप !

राजविराज, २५ माघ । सप्तरीमा पहिलो चरणमा ९८ दशमलव ३७ प्रतिशतले कोरोना विरुद्धको खोप लगाएका छन् । प्रदेश २ का सवै जिल्लामा माघ १४ गते बधुवारबाट अग्रमोर्चामा रहेर कार्य गरिरहेकालाई खोप लगाउने कार्य सुरु भएको थियो । जसअनुसार सप्तरीमा ३ हजार ६९३ जनाले खोप लगाएका हुन् ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजबाट २ हजार ५९८ र रुपनीस्थित प्रहरी अस्पतालबाट १ हजार ९५ जनाले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । सप्तरीमा पहिलो खोप गजेन्द्रनारायण सिंह अस्पतालकी स्टाफ नर्स सुनीता यादवले लगाएकी थिइन् भने पहिलो चरण अन्तर्गत खोप स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनीयालाल यादवले लगाएका छन् ।

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवका अनुसार दोश्रो चरणमा फागुन १ गतदेखि कूटनीतिक नियोगका कर्मचारी र सञ्चारकर्मीलाई खोप लगाउने तयारी भइरहेको छ ।

पहिलो चरणतहत ८ सय ३३ भाइल अर्थात ८ हजार ३३० डोज खोप उपलब्ध भएको थियो भने स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी र शव व्यवस्थापनमा खटिने कर्मचारी गरी पहिलो चरणमा कुल ३ हजार ७५४ जनालाई खोप लगाउने तालिका थियो । बाँकीलाई पनि दोश्रो चरणमै खोप लगाउने तयारी भइरहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले बताए ।

प्रदेश २ मा ७४ प्रतिशतले लगाए खोप

स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजयकुमार झाका अनुसार प्रदेश २ का ८ वटै जिल्लामा ७४ प्रतिशतले खोप लगाएका छन् । प्रदेश सरकारले पहिलो चरणमा ३४ हजार ८०४ जनलाई खोप लगाउने लक्ष्य लिइएकोमा २५ हजार ६३६ जनालाई खोप लगाएका हुन् ।

‘केहीले शंका र डर–त्रास लगाएको छैन् भने केही गर्भवती, दुध खुवाउने आमा र दिर्घरोगीले खोप लगाएको छैन्’ स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक झाले भने–‘बाँकी रहेकाको पनि तथ्यांक संकलन कार्य भइरहेको छ, दोश्रो चरणमा उहाँहरुलाई खोप लगाइनेछ ।’

यो पनिः

कोरोना विरुद्ध सप्तरीमा कसले लिए पहिलो खोप ?

Author:



क्याटोगरी छान्‍नुहोस