आमसञ्चार प्राधिकरण र काउन्सिलका अध्यक्षद्वय सम्मानित

राजविराज, २५ माघ । नेपाल पत्रकार महासंघ शाखा सप्तरीले प्रदेश २ सरकारको सञ्चार क्षेत्रको पदाधिकारीमा नियुक्त भएकाहरुलाई सम्मान गरेको छ ।

महासंघमा आज आयोजना गरिएको कार्यक्रमका बीच प्रदेश आम सञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त भएका श्यामसुन्दर यादव र मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका शिवहरि प्रसाद भट्टराईलाई सम्मान गरेको हो ।

दुई दशकभन्दा बढी समयदेखि सप्तरीलाई कार्यक्षेत्र बनाएर पत्रकारीता गर्दै आएका यादव सोही शाखाका उपाध्यक्ष हुन् भने चार दशकभन्दा बढी समयदेखि पत्रकारीता गर्दै आएका भट्टराई पनि सोही शखा पूर्व अध्यक्ष हुन् ।

हाल यादव मधेशलाइभ अनलाइनका सम्पादक र नेपाल टेलिभिजनका सप्तरी प्रतिनिधिको रुपमा कार्य गर्दै आएका छन् । यसैगरी भट्टराई पनि मधेशलाइभ अनलाइनका सल्लाहकार, इमेज टेलिभिजन र नेपाल समाचार पत्रको सप्तरी प्रतिनिधिका रुपमा कार्यरत छन् । प्रदेश सरकारको माघ २३ गतेको निर्णयबाट दुवै जनालाई पदाधिकारीहरुमा नियुक्त गरेको छ ।

महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्काको अध्यक्षता तथा महासंघका केन्द्रिय सदस्य अवधेश झाको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रमका वक्ताहरुले प्रदेश सरकारले दुवै जनाको योग्दानलाई मुल्याङ्कन गर्दै गरेको उक्त निर्णयले सप्तरीकै पत्रकारिता क्षेत्रमा गर्व महशुस भएको भन्दै सरकारप्रति आभार व्यक्त गरे ।

उनीहरुले सञ्चार क्षेत्रमा पदाधिकारी नियुक्तले प्रदेशभरका साना लगानीका मिडियाहरु प्रवर्द्धन र आर्थिक सुदृढीकरणतर्फ लाग्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा महासंघ सप्तरीका पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, महासंघका प्रदेश सचिव रामनारायण विश्वास, प्रदेश सदस्य ललिता साह, शाखा उपाध्यक्ष सुधा देव, सचिव जितेन्द्र कुमार झा लगायतले कार्यकाल सफललताको कामना गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस