जसपाद्वारा राजविराजमा प्रधानमन्त्रीको पुतला दहन

राजविराज, २५ माघ । प्रतिनिधि सभा विघटन विरुद्ध जनता समाजवादी पार्टी नेपालद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ ।

जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको नेतृत्वमा राजविराज स्थित शिव मन्दिरबाट निकालिएको जुलुश राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा गरेको थियो । नगर परिक्रमा पश्चात शहीद दशनचौकमा पुगेर प्रधानमन्त्री ओलीको पुतला दहन गरेको छ ।

विरोधसभामा बोल्दै वक्ताहरुले प्रधानमन्त्रीको असम्वैधानिक कदम अलोकतान्त्रिक भएको भन्दै यो कदम नसच्याए आन्दोलनबाटै संसद पुनर्वहाली गर्ने बताएका छन् । विरोधसभामा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, पार्टीका केन्द्रीय सदस्य रेणु यादव, केन्द्रीय समिति सदस्य केशव झा लगायतले सम्वोधन गरे ।

जसपाका नेता रामप्रित यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर समिति अध्यक्ष अमरनाथ झा, रमिला साह, रंजित यादव, गुडु सिंह, लक्ष्मण यादब लगायतले मन्तव्य व्यक्त गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस