सप्तरीमा दश महिनापछि शुन्यमा झर्यो कोरोना संक्रमण दर !

राजविराज, २५ माघ । सप्तरीमा १० महिनापछि कोरोना भाइरस संक्रमण दर शून्यमा झरेको छ । स्वास्थ्य कार्यालयका अनुसार सो अवधिमा १ हजार ८३० जना संक्रमित भएका छन् भने कोरोना संक्रमणबाट ४१ जनाले ज्यान गुमाएका छन् ।

सप्तरीमा गत वैशाख २९ गते पहिलो पटक डाक्नेश्वरी नगरपालिका–३ हटैलका २० वर्षीय एक युवकमा संक्रमण पुष्टि भएको थियो । चौतर्फीको अथक प्रयासपछि अहिले सप्तरीमा कोरोना शून्यमा झरेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म नियन्त्रणमा सर्वसाधारणदेखि स्थानीय, प्रदेश र संघ सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, नागरिक अगुवा, गैरसरकारी संस्था लगायतको भुमिका अत्यन्त महत्वपूर्ण रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस