विरगञ्जमा समेत प्रधानमन्त्री ओलीको पुतला दहन

विरगञ्ज, २५ माघ । जनता समाजवादी पाटी नेपालद्वारा पर्साको विरगञ्ज स्थित घण्टाघर नजिक विरोध प्रदर्शन सहित प्रधानन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ ।

संसद विघटन विरुद्ध पार्टीका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गर्दै पुतला दहन गरेका हुन् । जसपाका युवा नेता शेख रुस्तम, नुरआलम र तुफान अन्सारी लगायतका युवा नेताहरुले पुतला दहन गर्ने क्रममा प्रहरीसँग दोहोरो झडप समेत भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस