नगरपालिका र प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान

बोदे बरसाईन । समग्र जन उत्थान केन्द्र सिरहाले बोदे बरसाईन नगरपालिका र प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । भिएसओ नेपाल तथा ईन्टरनेश्नल अलर्टको साझेदारीमा संचालित सहज परियोजना कोभिड रेसपोन्स कार्यक्रम अन्तर्गत नगरपालिका र ईलाका प्रहरी कार्यालय बोदे बरसाईनलाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

कोभिडबाट सुरक्षाको लागि नगरपालिकाका स्वास्थ्यतर्फका कर्मचारी र प्रहरीका लागि स्वास्थ्य सामग्री उपलब्ध गराइएको केन्द्रका कार्यक्रम अधिकृत रामभरोसी महतोले बताए । उनका अनुसार नगरपालिका अन्तर्गत संचालित आईसोलेशन सेन्टरका लागि २५ वटा आईसोलेशन सामग्री सेफ्टीकीट र अन्य सरसफाईका सामग्री गरी कुल १ लाख २३ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराइको छ ।

यसैगरी ईलाका प्रहरी कार्यालयका लागि २० हजार ३ सय रुपैयाँ बराबरको सामग्री उपलब्ध गराइएको जनाएको छ । स्वास्थय सरसफाई सामग्री हस्तान्तरण कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक देवराज पोखरेल, कार्यक्रम अधिकृत महतो, स्थानिय सहजकर्ता मनोज कुमार यादव, नगरपालिकाका स्वास्थ्य शाखा संयोजक बैजनाथ साह, सह संयोजक अजय नेपाल, ईलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक जय प्रकास महतो, स्वास्थय चौकी ईन्चार्ज ऐयुब राईन लगायतको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस