एटिएम तोडफोड गर्ने दुई युवक पक्राउ

मोरङ, १४ असार । मोरङको बुढिगंगा गाउँपालिका–२ टंकिसिनवारीस्थित एटिएम तोडफोड गरिरहेका दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरीको दुहवी नगरपालिका–९ का २४ बर्षीय मो. ईम्तियाज र २५ बर्षीय मो. अनिष हुसेन छन् ।

दुवै जनालाई आज विहान पौने ३ बजेतिर सरस्वती खड्काको घरमा संचालनमा रहेको एनआइसी एसिया बैंकको एटिएम बुथमा तोडफोड गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरुमाथि चोरी उद्योग कसूरमा थप अनुसन्धान भईरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस