२४ घण्टामा २ हजार ४४४ संक्रमित थपिए, ४२ जनाको मृत्यु

जनकपुरधाम, १४ असार । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४४४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा ११ हजार ६४० जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ४४४ जनामा कोरोना पुष्टि भएको हो ।

२४ घण्टामा देशभर ३ हजार ८५३ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म ५ लाख ८८ हजार १८७ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

सोही अवधिमा २४ घण्टामा कोरोना संक्रमणबाट थप ४२ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस