‘प्रतिनिधिसभा पुनस्र्थापना नभए ठूलो संकट आउन सक्छ’

जनकपुरधाम । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघठनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले संविधानको भावना र जनताको अभिमतको संरक्षण हुनेगरी फैसला गर्ने विश्वास व्यक्त गरेका छन् । सापकोटाले प्रतिनिधि सभा पुनस्र्थापना नभएमा मुलुक बहुआयमिक संकटतर्फ धेकेलिने भएकाले त्यस्तो संकट आउन नदिन पनि प्रतिनिधि सभा पुनस्र्थापनाका लागि देशव्यापी रूपमा जनमत सिर्जना गर्नुपर्ने आवश्यकता आंैल्याए ।

सभामुख सापकोटाले मंगलबार संघीय संसद् भवनमा राष्ट्रिय सञ्चार माध्यमका सम्पादकसँग छलफल गर्दै संसद् लोकतन्त्रको आत्म भएकाले यसलाई असमयमा नै विघठन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताए । संविधान माथि एकपछि अर्को बलमिच्याइँ भएको बताउँदै सभामुख सापकोटाले संविधान र संसद्को रक्षाका लागि आफू अन्तिम समयसम्म पनि लडिरहने प्रतिबद्धता जनाए । उनले संसद्को अधिकार राष्ट्रपति कार्यालयबाट अपरहणमा पर्नु दुर्भाग्यपूर्ण भएको बताए ।

सभामुख सापकोटाले आफ्नो भूमिका स्वतन्त्र, निष्पक्ष र तटस्थ हुने भए पनि लोकतन्त्र र संविधानको रक्षाका खातिर आफू लडिरहने हुँदा कतिपयलाई आफ्नो भूमिका मन नपर्न सक्ने बताए । प्रतिनिधि सभाको पटकपटक अवमूल्यन गर्नेहरू लोकतन्त्रवादी हुन नसक्ने स्पष्ट पार्दै सभामुख सापकोटाले भने, ‘संसद् लोकतन्त्रको आत्मा हो, संसद् र संविधानको रक्षा गर्न नसक्नेहरूले लोकतन्त्रको पनि रक्षा गर्न सक्दैनन् ।’ यो समाचार राजधानी दैनिकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780