बाढी पहिरोले पीडित भएकालाई तत्काल उद्धार गर्न गृह मन्त्रीको निर्देशन

काठमाडौं, १७ असार । गृहमन्त्री विष्णु पौडेलले बाढी पहिरो लगायत विपदमा परेकालाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा बिहीबार बसेको विपद् ब्यवस्थापन सम्बन्धि बैठकमा उनले अविरल वर्षाले देशका विभिन्न स्थानमा जनधनको क्षति भएका विवरण आइरहेकाले उद्धार र राहतका लागि निर्देशन दिएका हुन् ।

बाढी पहिरोका कारण नागरिक मारमा परेको भन्दै उनले उद्धार, राहत र पुनःस्थापनालाई उच्च प्राथमिकता दिएर काम गर्न निर्देशन दिए । उद्धार तथा राहतका लागि स्रोतको अभाव हुन नदिने उनको भनाई छ ।

Author:



क्याटोगरी छान्‍नुहोस