सप्तरीमा सार्वजनिक सवारी साधन सुचारु, होटेल र रेष्टुरेन्टमा ‘टेक–वे’ सेवा

राजविराज, १७ असार । सप्तरीमा कोभिड–१९ को त्रासका कारण बन्द रहेका सार्वजनिक सवारी साधनहरु पनि सञ्चालनमा आउने भएको छ । आज (विहिबार) बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकबाट सो निर्णय गरिएको हो ।

जिल्लामा कोभिडको संक्रमण दर घट्दो देखिएकाले केही दिनअघि मात्रै निषेधाज्ञा खुकुलो गरी भीडभाड नहुने गरी सबै सरकारी र सार्वजनिक संस्थानहरु सञ्चालनमा ल्याइएको छ भने भोली (शुक्रवार)बाट सार्वजनिक सवारी साधन पनि सञ्चालन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सवारी सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाको पूर्व पालना गर्न सूचनामा भनिएको छ । ‘मिति २०७८/०३/१८ गतेदेखि जिल्लाभित्र चल्ने सार्वजनिक सवारीका साधन बस, माइक्रो, भ्यान, अटो लगायत भाडामा सञ्चालन हुने सवारी साधन र निजी सवारी साधन स्वास्थ्य सुरक्षाको पूर्र्व पालना गर्ने गराउने गरी सञ्चालन हुने ।’ सूचनामा उल्लेख छ ।

यसैगरी, खाद्यान्न, स्टेशनरी तथा निर्माण सामग्री लगायतका पसलहरु र होटेल तथा रेष्टुरेन्टबाट हुने टेक–वे सेवा पनि विहान ७ बजेदेखि साँझ ८ बजेसम्म खुला रहने निर्णय भएको छ ।

मिति_२०७८।०३।१७_गतेको_जिल्ला_संकट_व्यवस्थापन_केन्द्रको_बैठक_निर्णय

Author:



क्याटोगरी छान्‍नुहोस