प्रदेश २ : हातीको आक्रमणबाट किसानको मृत्यु

जनकपुरधाम । बारामा शुक्रबार बिहान जंगली हातीको आक्रमणमा परी एक जना किसानको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २ अवधापुरका ४५ वर्षीय रामदेव पटेलको हातीको आक्रमणमा परी मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिए ।

शुक्रबार बिहान करिब ९ बजे खेतमा काम गर्न गएका बेला पटेललाइ हात्तीले आक्रमण गरेको र उपचारका लागि जिल्ला अस्पताल कलैया लैजादै गर्दा उनको मृत्यु भएको मिश्रले जानकारी दिए । जङ्गल क्षेत्रबाट करिब १५ किलोमिटर टाढा सदरमुकाम कलैया नजिक आएर हातीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780