२४ घण्टामा थप २ हजार २९९ जनामा संक्रमण, ३४ जनाको मृत्यु

काठमाडौं, १८ असार । पछिल्लो २४ घण्टामा देशभर २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५६६ जनाको पीसीआर परीक्षणबाट १ हजार ३९१ तथा ४ हजार ३० जनाको एन्टिजेन परीक्षणबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ३ हजार ४५१ जना संक्रमण मुक्त भएका छन् । यसैगरी संक्रमणबाट ३४ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १७९ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस