बिराटनगर । पुर्वाञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले विभिन्न संकायहरुको परीक्षा सारेको छ ।
विश्वविद्यालयले शुक्रबार सूचना जारी गर्दै पुर्वनिर्धारित तालिका अनुसार यही असार ३१ गतेदेखि लिने भनेको परीक्षा साउन १० गतेका लागि सारेको हो ।
परिस्थिति अनुकुल नभएको भन्दै परीक्षा सारिएको परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाले विज्ञप्तिमार्फत जनाएको छ ।