अज्ञात रोगः गाउँ–गाउँ पुगेर प्रजिअ आचार्यले भेटे विरामीे, निःशुल्क उपचार गर्न निर्देशन

राजविराज, २५ असार । सप्तरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जयनारायण आचार्यले अज्ञात रोग देखिएको महादेवा र तिलाठी कोइलाडी गाउँपालिका पुगेर विरामीसँग भेटघाट गरी अवस्थाबारे चासो लिएका छन् ।

अपच र वाकवाकी लाग्ने, पखाला, टाउको दुख्ने तथा ज्वरो आउने जस्ता समस्या देखिएर महादेवा गाउँपालिका–२ चकली टोलमा एक जना महिलाको मृत्यु भएको छ भने दुवै गाउँपालिकामा २५ जनाभन्दा बढी व्यक्ति विरामी भएका छन् ।

दुवै स्थानीय तहमा पुगेर प्रजिअ आचार्यले विरामीहरुको अवस्थाबारे जानकारी लिएका हुन् । सोही क्रममा उनले आवश्यकताअनुसार अस्पताल भर्ना हुन विरामीहरुलाई आग्रह गरेका छन् भने तदारुकतासाथ उपचारमा लाग्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन समेत दिएका हुन् ।

‘उपचारको धरान पठाइएको २ जनाको स्वास्थ्य अवस्था पनि समान्य नै रहेको छ, गम्भीर देखिएका अन्य एक जनाको उपचार भइरहेको छ’ प्रजिअ आचार्यले भने–‘दुवै गाउँपालिकाका विरामीहरुसँग भेटघाट गरे, उहाँहरुको स्वास्थ्य अवस्था पनि समान्य छ, भोली फेरी हामी स्वास्थ्यकर्मीको टोलीसहित त्यहाँ पुग्ने नै छौं ।’

प्रजिअ आचार्यले स्थानीय तहका प्रमुख र वडाध्यक्षहरुलाई पनि सम्भावित समस्यालाई ध्यान दिएर कार्य गर्न आग्रह गरेका छन् भने गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना हुने विरामीलाई निःशुल्क उपचार सेवा प्रदान गर्न मेडिकल सुपरिन्टेन्डेन्टलाई निर्देशन समेत दिए ।

बिहिवार साँझबाट विरामीहरुमा देखिएको लक्षणका आधारमा ‘फूड पोइजन’ भएको हुनसक्ने स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

यो पनिः

सप्तरीमा अज्ञात रोगले एकको मृत्यु, आधा दर्जनभन्दा बढी विरामी

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780