कृषि ज्ञान केन्द्र सप्तरीः कृषक छनोटमा मनोमानी, मन्त्रालयद्वारा छनोट प्रक्रिया रद्द

राजविराज, २७ असार । कृषि ज्ञान केन्द्र राजविराज सप्तरीले सिंचाई, कृषि तथा भौतिक पूर्वाधार कार्यक्रम अन्तर्गत स्यालो बोरिङ्ग, मोटर, पम्पसेट र समरसिवल बोरिङ्ग वितरण गर्न मनोमानी ढंगले कृषक छनोट गरेको पाइएको छ ।

प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा उजुरी नै परेपछि सो कुरा बाहिरिएको हो । उजुरीसँगै बरिष्ठ कृषि अर्थशास्त्री ललन कुमार सिंह नेतृत्वमा आएका टोलीले कार्यालय प्रमुख राजेन्द्र प्रसाद यादवसँग आवश्यक सोधखोज गरी छानवीनका लागि कागजातहरु लगेका थिए ।

अध्ययनकै सिलसिलामा मन्त्रालयले पत्राचार गर्दै छनोटमा परेका आवेदकहरुले पेश गरेका केहीमा सूचना बमोजिम नपाइएको तथा रितपूर्वक नदेखिएको उल्लेख गर्दै रद्द गर्न भनिएको छ ।

‘फायलहरु अध्ययनकै सिलसिलामा छ अहिलेलाई छनोट प्रक्रिया रद्द गरी थप विषयहरु छानवीनको कार्य हुँदैछ’ मन्त्रालयका सूचना अधिकारी मनिष कुमार पालले भने–‘अहिलेसम्म देखिएअनुसार छनोट प्रक्रियामा केही त्रुटिहरु देखिएको छ भने कार्यविधि पनि मिलेको छैन्, जसका कारणले पुनः छनोट गर्ने गरी प्रक्रिया रद्द गरेका हौं ।’

केन्द्रले गत आइतवार (साउन २० गते) सूचना जारी गर्दै छनोटमा परेका ८८ जनाको नामावली सार्वजनिक गरेका थिए ।

सूचना सार्वजनिक भएसँगै केन्द्रको मिलोमतोमा कृषक/संस्थाहरुलाई छनोटमा पारिएको भन्दै यहाँका २३ जनाले संयुक्त रुपमा मन्त्रालयमा उजुरी दिएका थिए । यता, कार्यालयले पनि सूचना जारी गर्दै केही आवेदकहरुको कागजातहरु सूचनाबामोजिम तथा रितपूर्वक नदेखिएको पाइएकोले मन्त्रालयबाट छनोट रद्द गरि पुनः छनोट गर्ने जनाएको छ । मनोमानी ढंगले कृषक छनोट गरिएको विषयमा कार्यालय प्रमुखसँग बुझ्न खोज्दा फोन उठेन ।

Author:



क्याटोगरी छान्‍नुहोस