सर्वोच्चद्वारा संसद् पुनःस्थापना, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

काठमाडौं । प्रतिनिधिसभा पुनः पुनःस्थापना भएको छ । सर्वोच्च अदालतले केपी शर्मा ओलीले दोस्रोपल्ट विघटन गरेको संसद् फेरि ब्युँताइदिएको हो ।

अहिले सर्वोच्च अदालतमा संसद् विघटन सम्बन्धी परेको रिटको फैसला अहिले न्यायाधीश ईश्वर खतिवडाले सुनाइरहेका छन् ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले रिट निवेदकको माग बमोजिमको फैसला आएको बताएका थिए ।

रिट निवेदकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै परमादेश माग गरेका थिए ।

संवैधानिक इजलासलबाट प्रधानन्यायाधीश राणाले रिट निवेदकको माग बमोजिमको फैसला आएको सुनाएका थिए । अहिले न्यायाधीश खतिवडाले सर्वोच्चको फैसला पढेर सुनाइरहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस