सर्वोच्च अदालतले ऐतिहासिक काम गरेको छ: उपेन्द्र यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतले ऐतिहासिक काम गरेको बताएका छन्।

मधेशलाईभ संक्षिप्त कुराकानी गर्दै अध्यक्ष यादवले सर्वोच्च अदालतले संविधान र लोकतन्त्र बचाउने काम गरेको बताए।

‘सर्वोच्चले गरेको फैसलाले ऐतिहासिक काम गरेको छ। देश बचाउने संविधान बचाउने लोकतन्त्र बचाउने मुलुकलाई निकास दिने जुन कार्य गरेको छ,’उनले भने,’यो वास्तवमा ऐतिहासिक निर्णय नै हो। ऐतिहासिक कार्य नै हो।’

उनले आफूहरूको गठबन्धन सहमतिकै आधारमा अघि बढ्ने बताए।

‘हामी अब सँगै अघि बढ्ने भनेर नै गठबन्धन बनाएको हो। यो एकछिनका लागि र कुनै स्वार्थका लागि बनाइएको गठबन्धन होइन।राष्ट्र,संविधान अनि लोकतन्त्रका लागि बनाइएको गठबन्धन हो,’उनले भने।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780