नियुक्ति सच्याएलगत्तै प्रधानमन्त्री देउवाले लिए पद तथा गोपनीयताको शपथ

जनकपुरधाम । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डालीले प्रधानमन्त्री देउवालाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् । राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्दा संविधानको धारा उल्लेख नगरेपछि शपथग्रहण कार्यक्रम केहीबेर रोकिएको थियो । राष्ट्रपति कार्यालयले नियुक्तिपत्र सच्याएपछि देउवाले शपथ लिएका हुन् ।

सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गर्दै देउवालाई प्रधानमन्त्रीमा नियक्त गर्न परमादेश दिएको थियो । सोही आदेशअनुसार राष्ट्रपतिले देउवालाई मंगलबार अपराह्न प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । नेपालको प्रधानमन्त्रीका रूपमा देउवा पाँचौँ पटक नियुक्त भएका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस