२४ घण्टामा २ हजार ३९८ कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा २ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ५८ जनाको पीसीआर परीक्षणबाट १ हजार ६३९ र ३ हजार ९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा संक्रमणबाट थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप २ हजार ७८ जना कोरोना संक्रमित निको भएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस