ललिता निवास जग्गा प्रकरणः गच्छदारसँग १० लाख रुपैयाँ धरौटी माग

जनकपुर, ३० असार । विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका काँग्रेस उपसभापति विजयकुमार गच्छदारलाई १० लाख रुपैयाँ धरौटी माग गरेको छ । बुधवार विहान गच्छदार विशेष अदालतमा उपस्थित भएका थिए ।

अदालतका उपरजिस्ट्रार एवं प्रवक्ता पुष्पराज पाण्डेयका अनुसार बिहान १० बजेबाट शुरु भएको बयान दिउँसो २ बजे सकिएको हो । २०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धन आयोगले ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा गच्छदारसहित १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर अनुसार मुद्दा दायर गरेको थियो ।

गच्छदारसँगै पूर्वमन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पनि मुद्दा दायर गरिएको थियो । श्रेष्ठ पाँच हजार रुपियाँ धरौटीमा छुटेका छन् भने जोशीलाइ साधारण तारेखमा अदालतले छाडेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780