सप्तरीमा पोखरीमा डुबेर बालिकाको मृत्यु

राजविराज, ३ भदौ । सप्तरीको महादेवा गाउँपालिका–४ मा आज (विहिवार) एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।

आफ्नै आमासँग नुहाउन गएकी सुवन कामैतकी ५ वर्षीया छोरी सोनम कुमारी कामैतको डुबेर मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस