मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज देशका धेरै स्थानमा पानी पर्नेछ । प्रदेश १, २, बागमती तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी तथा धेरै भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । बाँकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानमा मेघ गर्जनसहित पानी परिरहेको छ ।

भोलि देशका धेरै स्थानमा पनी पर्नेछ । प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी तथा धेरै भारी वर्षा हुने महाशाखाले जानकारी दिएको छ । आइतबार राति प्रदेश १, बागमती, कर्णाली  र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ ।

त्यस्तै सोमबार धेरै स्थानमा पानी पर्नेछ । प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी तथा धेरै भारी वर्षा हुन सक्नेछ । सोमबार राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

आगामी २४ घण्टामा देशको धेरै स्थानमा पानी पर्ने तथा केही स्थानमा भारी तथा धेरै भारी वर्षा हुन सक्नेछ । जसका कारण पहिरो तथा गेग्रान बहाव एवीं नदीनालामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महशाखाको अनुरोध छ ।

Author:



क्याटोगरी छान्‍नुहोस