देउवाले सोधेपछिमात्र सरकारमा जानेबारे आवश्यक निर्णय गर्छाैँ : महन्थ ठाकुर

जनकपुरधाम । नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारमा जाने विषयमा कुनै छलफल नभएको बताएका छन् । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिरहेका बेला नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारमा जाने विषयमा आफ्नो पार्टीसँग कुनै छलफल नभएको बताएका हुन् ।

शुक्रबार बबरमहलस्थित आफ्नै पार्टीको केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा ठाकुरले प्रधानमन्त्री देउवाले सोधे मात्रै सरकारमा जाने विषयमा आफूहरूले आवश्यक निर्णय गर्ने बताए ।

“पार्टी दर्ता नै भर्खर भएको छ । सरकारमा जाने विषयमा छलफल भएको छैन । शेरबहादुरजीले सोध्नुहुन्छ भने हामी यो विषयमा कुरा गर्छाैँ,” उनले भने ।

अध्यक्ष ठाकुरले सत्तारूढ गठबन्धनसँग चुनावी तालमेल गर्ने वा नगर्ने विषयमा पनि पार्टीले धारणा तय गरिनसकेको बताए । “हामी सत्तारूढ गठबन्धनमा छैनौँ । चुनाव घोषणा भएपछि त्यस विषयमा पनि विचार गरौँला ।”

Author:



क्याटोगरी छान्‍नुहोस