हुन्डी कारोबार गरेको आरोपमा नगदसहित एक जना पक्राउ

जनकपुरधाम । हुन्डी कारोबार गरेको आरोपमा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१ बस्ने ६० वर्षीय स्वामीनाथ प्रसाद साह तेली छन्। प्रहरी चौकी इनर्वाले वीरगञ्ज–१६ शंकराचार्य गेटमा चेकजाँच गर्ने क्रममा भारतबाट ना८प १८७ नम्बरको मोटरसाइकलमा आउँदै गरेको अवस्थामा तेलीलाई पक्राउ गरेको हो।

पक्राउ परेका उनको साथबाट स्रोत नखुलेको ६ लाख नगद बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780