ईस्लामिक स्टेट समूहमाथि ड्रोन आक्रमण, एकजनाको मृत्यु

बीबीसी । अमेरिकाले पूर्वी अफगानिस्तानमा ईस्लामिक स्टेट समूहमाथि ड्रोन आक्रमण गर्दा सो समूहका एक सदस्यको मृत्यु भएको छ ।

उक्त कारबाही नान्गहार प्रान्तमा आईएस–के समूहको योजनाकारमाथि लक्षित थियो ।

आईएस–केले १३ अमेरिकी सेनासहित कम्तीमा ९० जनाको ज्यान जानेगरी बिहीबार साँझ काबुल विमानस्थलमा आत्मघाती आक्रमण गरेको  थियो । त्यसको बदलामा अमेरिकाले यो आक्रमण गरेको हो ।

प्रारम्भिक सूचना अनुसार लक्षित आईएस सदस्यमात्र मारिएको र सर्वसाधारणको मृत्यु नभएको अमेरिकाले बताएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस