मुख्यमन्त्रीलाई ज्ञापन पत्रः राजविराजमा यातायात सम्पर्क कार्यालय हुनुपर्ने माग

जनकपुरधाम, १६ भदौ । सप्तरीको राजविराजमा यातायात सम्पर्क कार्यालय हुनुपर्ने माग गर्दै बुधवार मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र वुझाइएको छ । सगरमाथा यातायात प्रालि राजविराजको अगुवाइमा सो ज्ञापन पत्र वुझाइएको हो ।

‘नेपाल सरकारले नेपाल अधिराज्यभरिको १४ अञ्चलमा यातायात व्यवस्था कार्यालय कायम गरी अञ्चलभरिको यातायात व्यवसायी सेवाग्राहीलाई सविधा उपलब्ध गराउँदै गर्दा यस सगरमाथा अञ्चलको यातायात व्यवस्था कार्यालय राजविराजस्थित सिरहा रोडमा कार्यालय स्थापना गरी २०४१ सालसम्म सेवा उपलब्ध गराउँदै आइरहेको सर्वविदितै छ’ ज्ञापन पत्रमा भनिएको छ, ‘२०४२ सालमा नेपाल सरकारले यातायात व्यवस्था कार्यालय राजमार्गको छेउमा राख्ने निति अनुरुप तत्कालीन राजविराजमा रहेको यातायात कार्यालय हटाइ सिरहा जिल्लाको लहानमा सारियो तर अन्य अञ्चलको प्राय यथावत ठाउँमा नै रह्यो । जस्तै विरगंजको पथलैया सारिएन, जनकपुरको ढल्के सारिएन मात्र राजविराजको लहान सारियो । हामीसँग ठुलो भेदभाव गरियो । हामीले यस बारे पटक पटक आवाज उठायौ तर आश्वासन बाहेक केही पाएनौं ।’

विगतमा सम्बन्धित ठाउँबाट आश्वासन पाए पनि हालसम्म कुनै निर्णय नभएको भन्दै बाध्य भएर ज्ञापन पत्र वुझाइएको ज्ञापन पत्रमा उल्लेख छ ।


राजविराजमा यातायात सम्पर्क कार्यालय खोल्ने विषयमा छिट्टै छलफल गरेर निर्णय गरिने मुख्यमन्त्री राउतबाट आश्वासन पाएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस