मोडल एवम् कलाकार निशा घिमिरेको मृत्यु

जनकपुरधाम, १६ भदौ । मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ । नर्भिक अस्पतालमा उपचाररत घिमिरेको बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको हो ।

सीसीयूमा राखी लगातार उपचार गरिएको र सबै प्रयासका बाबजुद घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी रहेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले विज्ञप्तिमा भनेका छन् ।

दुर्घटना घाइते भएकी घिमिरेलाई गम्भीर अवस्थामा घरमै रहेका बेला अस्पतालले गत जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो ।

यद्यपी, उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस