भारतमा ४७ हजार काेराेना संक्रमित थपिए, ५०९ जनाकाे मृत्यु

जनकपुरधाम । पछिल्लो २४ घण्टामा भारतमा४७ हजार ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

याे अवधिमा ३५ हजार १ सय ८१ जना संक्रमणमुक्त भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएकाे छ ।

यस्तै २४ घण्टाकाे अवधिमा ५०९ जना संक्रमितकाे मृत्यु भएकाे छ ।

अहिलेसम्म भारतमा काेराेना संक्रमित हुनेकाे संख्या ३ कराेड २८ लाख ५७ हजार भन्दा धेरै पुगेकाे छ । ती मध्ये ३ कराेड २० लाख २८ हजार भन्दा धेरै संक्रमणमुक्त भएका छन्।

४ लाख ३९ हजार ५ सय भन्दा धेरै भारतीयले भने संक्रमणका कारण ज्यान गुमाएका छन् ।

अहिले भारतमा ३ लाख ८९ हजार ५ सय भन्दा धेरै सक्रिय संक्रमित रहेकाे सरकारी तथ्या‌ंक छ ।

भारतले आफ्ना ६६ कराेड ३० लाख ३० भन्दा धेरै नागिरकलाई काेराेना भाइरसविरुद्धकाे खाेपकाे कम्तीमा पहिलाे मात्रा लगाइसेकाे छ । बुधबार मात्रै ८१ लाख भन्दा धेरैलाई खाेप लगाइएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

Author:



क्याटोगरी छान्‍नुहोस