नेपालमा १५.४ प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

जनकपुरधाम । नेपालमा बुधबारसम्म एक करोड ९२ हजार १६४ डोज कोरोना विरुद्धको खोप लगाइसकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसमध्ये पूर्ण खोप लगाउनेको संख्या ४६ लाख ६७ हजार ३२८ रहेको छ ।

पहिलो मात्रा खोप लगाउनेको संख्या ५४ लाख २४ हजार ८३६ रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोना विरुद्धको खोप लगाउने लक्षित जनसंख्याको १५.४ प्रतिशतले पूर्ण खोप लगाइसकेको छ । मन्त्रालयका अनुसार १७.९ प्रतिशतले पहिलो डोज लगाइसकेको छ ।

नेपालमा कोरोनाविदरुद्धको खोप लगाउने लक्षित जनसंख्या २ करोड १७ लाख ५६ हजार ७६३ हो । जुन नेपालको कुल जनसंख्याको ७१.६ प्रतिशत हो ।

सरकारले खोप लगाउने अभियान जारी रहेको जनाएको छ । चैत मसान्तसम्म लक्षित सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाइसक्ने सरकारको दाबी छ ।

Author:



क्याटोगरी छान्‍नुहोस