महोत्तरीका विद्यालय खुल्न थाले

महोत्तरी , १७ भदौ । महोत्तरीमा कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु खुल्न थालेका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले अनुमति दिएपछि यहाँका विद्यालयहरुमा पठनपाठन सुरु भएको हो ।

महोत्तरीका १५ वटै स्थानीय तहका आधा विद्यालयमा पढाइ सुरु भएको छ । संकट व्यवस्थापन केन्द्रले विद्यालय सञ्चालनको जिम्मेवारी स्थानीय सरकारलाई दिएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए ।

टुटेश्वरनाथ माध्यमिक विद्यालयका प्रधानध्यापक अम्बर विक झन्डै ९० प्रतिशत विद्यार्थी राखेर पठनपाठन थालिएको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस