कोशी नदीको मुख्य स्परमा कटान, १० हजार परिवारमा उठीवास हुने चिन्ता

प्रिया सिंह थारु
राजविराज, १८ भदौ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बनरझुलास्थित कोशी नदी बाँधको स्परमा कटान तिब्र भएको छ । भारतीय पक्ष तथा ठेकेदारको लापरबाहीका कारण त्यस भेगका १० हजार परिवार उच्च जोखिममा परेका हुन ।

नेपाल–भारतबिच भएको बहुचर्चित कोशी सम्झौता अनुसार कोशी बाँध तथा त्यसका सम्पुर्ण संरचनाको मर्मत सम्भारको जिम्मेवारी भारतीय पक्षको हो । २ बर्षअघि कोशी नदी पश्चिमी तटबन्धभन्दा एक किलोमिटर पुर्वबाट बग्दै थियो ।

कोशी पुर्वमा रहेको भारतीय गाउँलाई जोगाउने उदेश्यले पाईलट च्यानल खन्दै नदीको मुल बहाबलाई नै नेपालतर्फ फर्काएपछि हाल पश्चिमी तटबन्ध नजिकबाट नदी बग्न थालेको हो । थोरै बाढी आउदा पनि पश्चिमी तटबन्धमा जोखिम बढने गरेको स्थानिय बासीको गुनासो छ ।

एक साता अघि नै उच्च जोखिममा रहेको सप्तरी बनरझुल्लास्थित स्पर नं. ९ दशमलव ७९ मा बिहिवार कटान लागेको छ । सो स्पर कटान भएमा मुल बाँघ सजिलै कटान हुने ईन्जिनियर उनित झाले बताए । यस स्थानमा कटान भए सप्तरी जिल्लाका करिब १० हजार परिवार उठीवास हुने तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले बताए ।

यता, प्रमुख जिल्ला अधिकारी जयनारायण अचार्यले हिजो पानीको वहाव बढेसँगै स्परमा कटान लागे पनि अहिले पानीको वहाव कम भएपछि अवस्था समान्य रहेको बताए । ‘यद्यपी, सो समस्या दुई देशबीचको समन्वयमा दिर्घकालिन रुपमा समाधान हुने भएकाले हामीले माथिलो निकायमा जानकारी गराइसकेका छौं’, उनले मधेशलाइभलाई भने ।

Author:



क्याटोगरी छान्‍नुहोस