प्रदेश जनलोकपाल आयोग गठन

जनकपुरधाम, २२ भदौ । प्रदेश २ सरकारले प्रदेशमा आर्थिक सुशासन कायम गर्न प्रदेश जनलोकपाल आयोग गठन गरेको छ ।

गठित आयोजका नवनियुक्त पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले आयोगका अध्यक्ष राम सहाय यादव, सदस्यहरु शोभा महतो र राजकिशोर साहलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

सो कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज कुमार यादव, उपसभामुख उपमाकुमारी देव लगायतको उपस्थिति थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस