संघीयता धरापमा पर्न दिनेछैनौं, मजबुत पार्छौंः मन्त्री साह

जनकपुरधाम, २२ भदौ । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले संघीयताको जननी नेकपा माओवादी केन्द्र रहेको बताएका छन् । उनले जनयुद्धमा नै संघीयताको अभ्यास गरिसकेकोले संघीयताको जननी माओवादी केन्द्र रहेको दाबी गरे ।

मंगलबार जनकपुरधाम उपमहानगरपालिका–१३ मा आयोजिक पार्टी प्रवेश कार्यक्रममा उनले भने, ‘संघीयताको जननी माओवादी केन्द्र हो । हाम्रो पार्टीले जनयुद्धमा नै संघीयताको अभ्यास गरिसकेको छ । संघीयता धरापमा पर्न दिनेछैनौं, मजबुत पार्छौं ।’

उनले संघीयताविरोधी र प्रतिगमनकारी शक्तिको विरुद्ध लाग्न निर्देशन दिए । उनले संघीयताविरोधी र प्रतिगमनकारी शक्ति अझैं बर्बराइरहेकोले त्यसको सशक्त प्रतिकार गर्नुपर्नेमा जोड दिए । सो कार्यक्रममा विभिन्न पार्टीबाट ३ सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । त्यसमा अधिकांश एमाले नेता कार्यकर्ता थिए । जसको नेतृत्व भने वडाध्यक्षका उम्मेदवार कलाम शेखले गरेको जनाएको छ । कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष रवि किरण यादव पनि सहभागी थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस