प्रदेश २ सरकारद्वारा ‘नो मास्क, नो सर्भिस’ अभियान सञ्चालन गर्ने

जनकपुरधाम, २७ भदौ । प्रदेश २ सरकारले कोरोना महामारी विरुद्ध ‘नो मास्क, नो सर्भिस’ अभियान सञ्चालनमा गर्ने भएको छ । आइतवार मुख्यमन्त्री निवास मधेश भवनमा बसेको प्रादेशिक कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले सो निर्णय गरेको हो ।

पछिल्लो समयमा कोभिडको संक्रमण केही कम भएसँगै सर्वसाधारणहरुले मास्कको प्रयोगमा हेलचक्र्याई गर्न थालेपछि प्रदेश सरकारले सो अभियान सुरु गर्ने निर्णय गरेको छ । यसैगरी सरकारले सर्वसाधारणलाई सचेत गराउन सञ्चारमाध्यमहरुमा सूचना प्रशारण÷प्रकाशन गर्ने निर्णय समेत गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्न सो बैठकमा आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साह, समाजिक विकास मन्त्री नवलकिशोर साह लगायतको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस