घटस्थापनादेखि पूर्णिमासम्म अदालत बन्द

जनकपुरधाम । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म दे‍शभरका अदालत बन्द हुने भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुको मंगलबार बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो। यस्तै पूर्ण बैठकले दशैं लक्षित न्यायाधीशहरुको रोस्ट्रम पनि मिलाएको छ।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले घटनास्थापनादेखि कोजागत पूर्णिमासम्म देशभरका अदालत बन्द रहने जानकारी दिए। प्रवक्ता दाहालले भने,’ सर्वोच्च अदालतलगायत देशैभरका अदालतहरु घटस्थापनाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म बन्द हुनेछन्। विदाको समयमा बन्दीप्रत्यक्षीकरणको मुद्दा हेर्ने न्यायाधीशहरुको रोस्ट्रम मिलाइएको हो। सो समयमा अदालत ११ देखि ३ बजेसम्म खुल्नेछ।’

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780